डोटीमा जिप दुर्घटना ११ को मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/05/s_4310.html
डोटी,जेठ १७ । डोटीको खिरसैन गाविस वडा नं. ३ सेर्मा भन्ने स्थानमा आज जिप दुर्घटनाग्रस्त हँुदा ११ जनाको मृत्यु भएको छ, भने २२ जना घाइते भएका छन् । चौखुट्टे विभिन्न कार्य गर्नका लागि सदरमुकाम सिलगढी आउँदै गरेको शैलेश्वरी सार्वजनिक यातायातकोे ना १ ज ३२६१ नम्बरको जिप दुर्घटना ग्रस्त भएको हो । दुर्घटना परि ८ जनाको घटना स्थलमा, २ जनाको जिल्ला अस्पतालमा डोटीमा र १ जनाको सुजङ्ग दिपायलमा उपचारका क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
दुर्घटनामा परी मर्नेहरुमा गैरागाउ ३ बस्ने ३५ बर्षिय गौरीदेवि खड्का, सोही गाविसका की तुलसी बोहरा र खिम बोहरा, यसैगरी बग्लेक गाविसका ३५ बर्षिय ज्ञानु विष्ट, सोही गाविस ३ का टेक बहादुर ठकुल्ला, जुनु विष्ट र यसैगरी काडामाण्डौ गाविसका २ बर्षिय रिया बोगटी, गाजरी ९ की पाटा भण्डारी र खिरसैन कि भागरथी ऐर रहेका छन् । २ जना मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटना जिपमा यात्रु बढी भएका र गाडी तिव्रगतिमा रहेकाले दुर्घटना भएको प्रहरीको प्ररम्भीक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक भरत वहादुर वोहराले जनाएका छन् । गाडी सडकदेखी ३ सय मिटर तल खसेको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !