आईपिएलमा आज दुई खेल, कोलकत्ता शीर्षस्थानमा

काठमाण्डौ,वैशाख २६ । 
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुई वटा खेल हुने भएका छन् । दिउँसो सवा चार वजेपछि हुने पहिलो खेलमा आठौ स्थानमा रहेको पुने वारियर्सले छैठौ स्थानमा रहेको राजस्थान रोयल्सको सामना गर्नेछ । राजस्थानको ११ खेलबाट १० तथा पुनको १२ खेलबाट ८ अंक छ । त्यस्तै राती सवा आठ वजेपछि हुने दोश्रो खेलमा किग्स इलेभेन पञ्जाव र डेकन चाजर्सबीच प्रतिस्पर्धा हुनेछ । 

पञ्जाव ११ खेलमा ५ खेल जित्दै १० अंकका साथ सातौ स्थान तथा समान खेल खेलेको डेकन ५ अंक सहित तालिकाको पुछारमा रहेको छ । यस अघि गयराती अवेर सकिएको खेलमा कोलकत्ता नाईड राईडर्सले शीर्ष स्थानमा दिल्ली डेयर डेविल्सलाई ६ विकेटले पराजीत गरेको छ । जीतसंगै कोलकत्ता १७  अंकका साथ लिगको शीर्षस्थानमा उक्लिएको छ भने दिल्ली एक स्थानमा तल  झरेको छ । दिल्लीले कोलकत्ता भन्दा एक खेल कम खेलेको छ ।  

Related

प्रमूखखबरहरु 7919624097149626829

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item