मजदुर कुटपीटको बिरोधमा सडक अबरुद्ध

http://sindhulidarpan.blogspot.com/2012/05/s_429.html
उदयपुर,वैशाख २६ ।
सहकर्मीलाई कुटपिट गरेको भन्दै उदयपुरका यातायात मजदुरहरुले विहानैबाट उदयपुरबाट चल्ने सवारी साधन अबरुद्ध गरेका छन् । उदयपुरको कटारीबाट गाईघाट तर्फ आउदै गरेको ना.२ ख ३७७९ नम्बरको बसलाई सोमबार राती त्रियुगा नगरपालिका १० देउरीका स्थानीय युवाहरुले नियन्त्रणमा लिई कण्डक्टर केशराज श्रेष्ठलाई कुटपिट गरेका थिए ।
त्यसको विरोधमा मजदुरहरुले दोषीलाई कारबाही हुनु पर्ने, मजदुरको सुरुक्षा राज्यले गर्नुपर्ने लगायतका माग राखेर बिहानैदेखि सडक अबरुद्ध बनाएका हुन् । सडक अबरुद्ध हुँदा जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधनहरु ठप्प छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !