वाग्मती किनाराका सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाण्डौ,वैशाख २६ । 
सहरी विकास तथा भवन निर्माण विभागले वाग्मतीको दायाँबायाँ किनारामा सार्वजनिक जग्गा ओगटेर घरटहरा निर्माण गरी बसेका सुकुमवासीलाई आजदेखि हटाउन सुरु गरेको छ । विभागले विभिन्न सङ्घसंस्थाको सहयोगमा थापाथलीबाट सुकुमवासी बस्ती हटाउन सुरु गरेको हो । पटकपटक बस्ती हटाउन विभागले प्रयास गरेको भए पनि उनीहरूको अवरोधका कारण हटाउने प्रक्रिया सुरु हुन सकेको थिएन ।

 बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीको सहभागितामा वाग्मती नदी संरक्षणका लागि क्रियाशील अधिकारकर्मी लगायतका सङ्घसंस्थाका प्रतिनिधि, स्थानीयवासीको अग्रसरतामा डोजर लगाएर केही घर भत्काउने क्रममा सुरक्षाकर्मी र सुकुमबासीबीच बिहान झडप भएको थियो । प्रदर्शन हुनथालेपछि थापाथलीको सकुमबासी बस्तीमा बिहान प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनमा सहभागी करिब आधा दर्जन सुकमबासीलाई प्रहरीले नियन्त्रणमा लिएकोछ ।

Related

विविध 1435397780314401342

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item