राजधानी बनाउन दबाब ¥याली

 विराटनगर, वैशाख २४  । 


विराटनगरलाई केन्द्रविन्दु बनाई कोसी पूर्वलाई छुट्टै प्रान्त बनाउन माग राख्दै विराटनगरवासीले आन्दोलनको क्रममा आज यहाँ दबाबमूलक मोटरसाइकल ¥यालीको आयोजना गरेका छन् ।

स्थानीय वीरेन्द्र सभागृहबाट सुरु भएको मोटरसाइकल ¥यालीले मिल्स एरियालगायत नगरका विभित्र भागको परिक्रमा गरी जनआन्दोलन चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

सभामा नेमकिपाका मोरङ अध्यक्ष नरेन्द्र हुमागार्इं, एकीकृत माओवादीका निमित्त जिल्ला इन्चार्ज गणेश उप्रेती, नेपाली काँग्रेसका मोरङ अध्यक्ष अमृत अर्जेल, नेकपा (एमाले)का सचिव महेश रेग्मी र कानुन व्यवसायी मीना सेढाईंले आन्दोलनको औचित्यमाथि चर्चा गर्नुभएको थियो ।

सभामा वक्ताहरुले राजनीतिक, आर्थिक, ऐतिहासिक, औद्योगिक, व्यापारिक पूर्वाधारको दृष्टिकोणले विराटनगर नै राजधानीका लागि उपयुक्त सहर भएको दाबी गरेका छन् ।  गत शुक्रबार मोरङका प्रमुख राजनीतिक दलहरुले पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनको घोषणाका साथ १५१ सदस्यीय सर्वपक्षीय आन्दोलन समितिको घोषणा गरेको थिए । 

Related

विविध 2561352086471563889

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item