हत्या आरोपमा पाँच पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/05/s_9787.html
खलङ्गा (बैतडी), वैशाख २४ ।
एकीकृत नेकपा (माओवादी)का जिल्ला कमिटी सदस्य नरदेव खत्रीको हत्या आरोपमा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । बैतडीको भटना–९ बस्ने खत्रीको हत्या आशङ्कामा सोही ठाउँका अम्बादत्त भट्ट, लक्ष्मण भट्ट, कृष्ण भट्ट, भीमराज भट्ट र हरिसिंह धामीलाई पक्राउ गरेको हो ।

पीडित पक्षले रिसिइबीका कारण हत्या गरेको हुन सक्ने बताएपछि प्रारम्भिक अनुसन्धानका लागि पाँचजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । एक हप्ताअघिदेखि बेपत्ता रहेका खत्रीको शव गत शुक्रबार स्थानीय सुकदेव सामुदायिक वनमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
सडेको र स्याल, कुकुर, चिलहरुले आधा खाएको अवस्थामा शव फेला परेको थियो । उक्त शव फेला परेपछि पुरघाट प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घटनास्थलतर्फ गएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !