सुनको मूल्य वढ्यो
http://sindhulidarpan.blogspot.com/2012/05/s_5641.html
काठमाडौँ, जेठ ५ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य हिजोको तुलनामा प्रतितोला एकहजार एक सयले वृद्धि भई रु ५५ हजार कायम भएको छ । छापावाल सुनको मूल्य हिजो स्थानीय बजारमा रु ५३ हजार ९०० कायम रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
गत वैशाख २२ गते छापावाल सुनको मूल्य गत मङ्सिर १५ गतेको उच्च रेकर्डलाई तोड्दै प्रतितोला ५६ हजार काम रेहेको थियो । गत मङ्सिर १५ गते छापावाल सुनको मूल्य प्रतितोला रु ५५ हजार ८०० थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस २६ डलरले वृद्धि भएपछि आज सुनको मूल्य वृद्धि भएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस १५७४ डलर रहेको छ भने हिजो प्रतितोला १५४८ डलर मूल्य कायम रहेको थियो । यसैगरी, स्थानीय बजारमा तेजावी सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु एकहजार एक सयले वृद्धि भई रु ५४ हजार ७९० कायम रहेको छ भने हिजो तेजावी सुनको मूल्य प्रतितोला रु ५३ हजार ६९० कायम रहेको थियो । यस्तै चाँदीको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु एकहजार २० कायम भएको छ भने हिजो प्रतितोला रु एकहजार १० कायम रहेको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !