एएफसी प्रेसिडेन्ट कप फुटबलमा पुलिसको लज्जास्पद हार
http://sindhulidarpan.blogspot.com/2012/05/s_5868.html
कम्बोडिया, बैशाख २३ ।
नेपाल पुलिस क्लवले एएफसी प्रेसिडेन्ट कप फुटबलमा लज्जास्पद हार व्यहोरेको छ । कम्बोडियाको नोम पेन्हमा पुलिस किर्गिस्तानको डोरडोई बिस्केकसित ५–१ को फराकिले अन्तरले पराजित भयो ।
डोरडोइ सामु निरिह देखिएको पुलिसले खेलको तेश्रो मिनेटमै गोल खाएको थियो । पहिलो हाफसम्म ३ १ ले पछि परेको पुलिसले दोश्रो हाफमा २ गोल खायो । पुलिसका पर्वत पाण्डेले पेनाल्टीमार्फत पहिलो हाफको इन्जुरी समयमा सान्त्वना गोल गरे ।
डोरडोइ प्रेसिडेन्टकपको चारपल्टको उपविजेता हो । यसअघिको खेलमा भुटानको एट्जिन फुटबल क्लवलाई कम्बोडियाको नोम्पेन्ह क्राउनले ८ शुन्यको फराकिलो अन्तरले पराजित गर्यो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !