एक खर्ब ८० अर्ब भन्दा बढी बेरुजु भयो: महालेखा
http://sindhulidarpan.blogspot.com/2012/05/s_9217.html
काठमाण्डौ,वैशाख २३ ।
वैदेशिक अनुदान र ऋणबाट सञ्चालन भएका परियोजनाहरू प्रभावकारीरूपमा सञ्चालन तथा कार्यान्वयन हुन नसक्दा आर्थिक वर्ष २०६७÷०६८ मा एक खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी बेरुजु नाघेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले हालै तयार पारेको वार्षिक लेखापरीक्षणसम्बन्धी प्रतिवेदनले यो बेरुजु देखाएको हो ।
यस्तै दातृराष्ट्रबाट प्राप्त अनुदान तथा ऋणबाट सञ्चालन भएका योजनाहरू प्रभावकारीरूपमा सञ्चालन नहुँदा २४ अर्ब रुपैयाँभन्दा बढीको शोधभर्ना लिन बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख छ । यद्यपि गत वर्षको तुलनामा स्थानीय विकास, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका र अर्थ मन्त्रालयको लागानीतर्फको शोधभर्ना बाँकी रकम वृद्धि भएको देखिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !