बस पल्टिँदा २ जनाको मृत्यु

पाल्पा,वैशाख १९ । 
सिद्धार्थ राजमार्गको बुटवल बर्तुङ्ग सडकखण्डको तानसेन लामडाँडामा बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तानसेनबाट भैरहवाका लागि छुटेको लु १ ख ३१३५ नम्बरको सिद्धार्थ यातायातको मिनीबस लामडाँडामा सडक छेउमा पल्टिँदा च्यापिएर २ जनाको घटनास्थलमै ज्यान गएको हो । 

दुर्घटनामा परी तानसेन गैरागाँउका ३५ वर्षका अनिल कार्की र बसका सहयोगी ठुटीपीपल भैरहवाका दीपक लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा ३ जना विदेशी सहित २४ जना यात्रु घाइते भएका छन् । घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये १ जना विदशी सहित ६ जनाको अवस्था गंभीर रहेको छ । तीव्र गतिका कारण बस पल्टिएको प्रहरीले जनाएको छ ।



Related

विविध 123999660636462802

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item