आज विश्व मजदुर दिवस, मजदुर संगठनका छुट्टाछुट्टै कार्यक्रम
http://sindhulidarpan.blogspot.com/2012/05/s_7098.html
काठमाण्डौ,वैशाख १९
आज मे १ अर्थात, अन्तर्राष्ट्रिय अजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । १ सय २३औं मजदुर दिवसका अवसरमा आज सबै मजदुर संघसंगठनहरुले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल टे«ड युनियन महासंघले आज काठमाण्डुको खुलामञ्जमा सभा गर्ने जनाएको छ । विभिन्न ठाउँबाट ¥याली निकालेपछि खुलामञ्चमा सभा गर्ने अध्यक्ष शालिकराम जमकट्टेलले जानकारी दिनुभयो । सभालाई माओवादी अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
एमाले निकट मजदुर संगठन जीफन्टले पनि ¥याली सहितको सभा गर्ने जनाएको छ । जिफन्टले सगरमाथा वेस क्याम्प सहित काठमाण्डुमा पनि आज यसअघिका भन्दा फरक हिसावले दिवस मनाउन लागेको बताएको छ । काठमाण्डुका विभिन्न ठाउँबाट निकालीने ¥याली भृकुटीमंडपमा पुगेर सभामा बदलिने अध्यक्ष विष्णु रिमालले जानकारी दिनुभयो । नेपाली काङ्ग्रेसको नेपाल टे«ेड युनियन महासंघले भने मजदुर भेला मात्रै गर्ने जनाएको छ । माओवादीमा पनि वैद्य समुहले काठमाण्डुमै छुट्टै सभा गर्ने तयारी गरेको छ । वैद्यपक्षको सभा बशन्तपुरमा हुनेछ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !