पाँच युवा हतियारसहित पक्राउ

सप्तरी, जेठ ५ । सप्तरी सदरमुकाम राजविराज नगरपालिका क्षेत्रभित्र सङ्गठित अपराधमा संलग्न पाँचजना युवालाई आज बिहान हतियारसहित प्रहरीले पक्राउ गरेको छ । 

राजविराजस्थित सखडामोड नजिकै रहेको एक घरमा बसेर अपराध गर्ने योजना बनाइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक मनोज राउतको नेतृत्वमा खटिएको गस्ती टोलीले हतियारसहित उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा सप्तरीको त्रिकोल गाविस–७ निवासी १८ वर्षीय मुकेशकुमार यादव, पोर्ताहा गाविस–६ निवासी १८ वर्षीय शङ्करकुमार यादव, सोही गाविस–७ निवासी मनिषकुमार यादव, बरही बिरपुर–२ निवासी १८ वर्षीय अमरेन्द्रप्रसाद यादव र गम्हरिया प्रवाहा गाविस–२ निवासी १८ वर्षीय अनिलकुमार यादव रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुको साथबाट दुई थान कटुवा पेस्तोल, सटगनमा लाग्ने ११ राउण्ड गोली र अपराध गर्दा हातको औँलामा लगाउने चारचुच्चा भएको फाइटर दुईथान बरामद भएको प्रहरी नायब निरीक्षक अधिकारीले जानकारी दिनुभयो । 

पक्राउ परेका उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकारसम्मेलन गरी सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक अधिकारीले पक्राउ परेका पाँचैजना नगरक्षेत्रभित्र सङ्गठित अपराधमा संलग्न रहेको बताउनुभयो । 

Related

समाचार 3561863910349531598

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item