बन्द हडतालले पर्यटनमा असर

काठमाडौँ, ५ जेठ । देशमा निरन्तररुपमा भइरहेको बन्द हडतालबाट पर्यटन उद्योगमा ठूलो क्षति पुगेको र नेपाल असुरक्षित गन्तव्यस्थल हुनसक्ने सम्भावना बढेको कुरा आज यहाँ आयोजित एक कार्यक्रमममा पर्यटन व्यसायीहरूले बताएका छन् ।

मिडिया इन्टरनेसनलद्वारा आयोजित सो कार्यक्रममा ती वक्ताहरूले राजनीतिक दलहरूले बन्द हडताल नगर्ने विगतमा गरेको प्रतिवद्धता उलङ्घन गरेको उल्लेख गर्दै बन्दको बेलामा पर्यटकलाई गन्तव्यस्थलसम्म पुग्नका लागि सरकार र बन्दकर्ताले उचित व्यवस्था गरिनुपर्ने माग गर्नुभयो ।  नेपाल जलयात्रा सङ्घका अध्यक्ष नानीकाजी थापाले एकदिनको बन्दले जलयात्रा पर्यटन क्षेत्रमा मात्रै रु २५ लाखको नोक्सानी हुने गरेको बताउनुभयो ।

बन्दकै कारण भोलिको लागि त्रिशूली नदीमा आयोजना गरिएको जलयात्रा महोत्सव स्थगित गर्नुपरेको र यसले आफ्नो उद्योगमा नकारात्मक असर परेको गुनासो अध्यक्ष थापाले गर्नुभयो ।  नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका अध्यक्ष चन्द्र रिजालले बन्द हडतालले देशको समग्र आर्थिक क्षेत्र धरासायी हुने अवस्था आएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल अशान्त हुन थाल्यो भन्ने सन्देश जान दिन नहुने धारणा राख्नुभयो ।

विश्व पर्यटन सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा १७ प्रतिशत विदेशी मुद्रा पर्यटन क्षेत्रबाट प्राप्त हुने गरेको छ । कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष रामशरण थपलिया, ट्रेकिङ व्यवसायी खुम सुवेदीले अहिलेको सङ्क्रमणकालीन अवस्थामा पर्यटकलाई बढी सुविधा दिनका लागि सामूहिक पहल गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

Related

प्रमूखखबरहरु 2628887524257086284

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item