मन्त्रीहरूको कार्यविभाजन
http://sindhulidarpan.blogspot.com/2012/05/s_6523.html
काठमाण्डौ,जेठ ६ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजो मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन गर्नुभएको छ । नेपाल सरकार कार्यविभाजन नियमावली २०६९ अनुसार २७ वटा मन्त्रालय कायम राखेर प्रधानमन्त्रीले २० सदस्यीय मन्त्रिपरिषद्को कार्यविभाजन गर्नुभएको हो । नयाँ कार्य विभाजनअनुसार विजयकुमार गच्छदार उपप्रधानमन्त्री तथा गृह, नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री, कृष्णप्रसाद सिटौला उप्रधानमन्त्री, रक्षा, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला, ईश्वर पोखरेल उपप्रधानमन्त्री, परराष्ट्र, कृषि विकास र युवा तथा खेलकुद रहनुभएको छ । यसैगरी हृदयेश त्रिपाठीलाई भौतिक योजना, निर्माण तता यातायात, पोस्टबहादुर बोगटीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, टोपबहादुर रायमाझीलाई शान्ति तथा पुनर्निर्माण, राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मेवारी दिइएको छ ।
नयाँ मन्त्रीमण्डलमा वर्षमान पुनले यसअघिकै अर्थ र दीनानाथ शर्माले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने राजकिशोर यादवलाई सूचना तथा सन्चार मन्त्रालयकै जिम्मेवारी दिइएको छ । यसैगरी, महेन्द्रप्रसाद यादव सिंचाई, अनिलकुमार झा उद्योग, सूर्यमान गुरुङ सङ्घीय मामिला तथा स्थानीय विकास र सामान्य, परशुराम खापुङ वाणिज्य तथा आपूर्ति, राधा ज्ञवाली ऊर्जा, चन्द्रदेव जोशी भूमिसुधार तथा व्यवस्था, डा. केशवमान शाक्य वातावरण विज्ञान तथा प्रविधि, र एकनाथ ढकाल सहकारी तथा गरिबी निवारण रहनुभएको छ । दुई वटा मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभिएको छ भने दुई वटा नयाँ मन्त्रालय स्थापना गरिएको छ । संविधानसभामा रहेका ३३ राजनीतिक दलमध्ये भट्टराई नेतृत्वको सरकारमा १३ वटा दल सहभागी छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !