सिन्धुलीमा व्यवसायिक कुरीलो खेती

http://sindhulidarpan.blogspot.com/2012/05/s_6810.html
चीना थापा,
सिन्धुली,वैशाख ३० ।
सिन्धुली,वैशाख ३० ।
सिन्धुलीमा जंगली कुरिलोको व्यावसायिक खेती सुरु गरिएको छ । अन्य तरकारी तथा नगदेवाली र खाद्य बालि भन्दा धेरै आम्दानी हुने भएपछि सिन्धुलीका कृषकहरु कुुरिलो खेतितर्फ आकर्षित भएका हुन् । जिल्लाको करिब १ सय ६० रोपनी क्षेत्रफल जमिनमा कुरीलो खेती गरिदै आएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । विगत केहि समय अघिदेखि मात्र जिल्लामा कुरिलोको व्यावसायिक खेती हुँदै आएको भए पनि हाल यस तर्फ कृषकहरुको आकर्षण अत्याधिक बढेको छ । सिन्धुलीमा विभिन्न संघ, संस्था, जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति, कृषि विकास कार्यालय तथा निजी क्षेत्रको पहलमा कुरीलो खेतीका लागि बिउ—विजनका साथै आर्थिक तथा प्राविधिक सहयोग हुँदै आएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको कमलामाई नगरपालिका, टाँडी, लाम्पानटार, भद्रकाली, रतनचुरा, लगाएतका १८ गाविसमा समेत कुरिलोको खेती गरिएको छ । कुरीलो खेतीका लागि पहल गर्दै आएका विभिन्न कार्यालयका साथै कृषकहरुले दिएका जानकारी अनुसार हाल जिल्लामा दुई लाख ८० हजारको संख्यामा कुरीलोको विरुवाहरु लगाईएको छ ।
विगत ३ वर्ष देखि व्यावसायिक कुरिलो खेती गर्दै आएका कमलामाई नगरपालिका ४, मधुटारका कृषक रामबाबु शाहले वार्षिक एक लाख ८० हजारको संख्यामा विरुवा उत्पादन गर्ने गरेको वताउनुभएको छ । वहाँले आफ्नो जमिनमा कुरिलोको विरुवाको नर्सरी स्थापना गरि उत्पादन गर्दै आउनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !