डेढ वर्षीय बालकको हत्या

http://sindhulidarpan.blogspot.com/2012/05/s_8891.html
राजविराज, वैशाख ३० ।
सिरहाको कर्जन्हा गाविस–८ परियागपुरमा एक बालकको हत्या भएको छ । दुई दिनदेखि हराइरहेका स्थानीय प्रमोद साहको डेढ वर्षीय छोरा किसुन साहको हत्या भएको अञ्चल प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
सिरहाको कर्जन्हा गाविस–८ परियागपुरमा एक बालकको हत्या भएको छ । दुई दिनदेखि हराइरहेका स्थानीय प्रमोद साहको डेढ वर्षीय छोरा किसुन साहको हत्या भएको अञ्चल प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
परियागपुर टोलस्थित उखु खेतमा घाँटी थिचेर हत्या भएको अवस्थामा शव फेला परेको सिरहाका प्रहरी उपरीक्षक राजेशलाल कर्णले बताउनुभयो । बालकको हत्या कसले र किन गरेको विषयमा केही खुल्न नसकेको भन्दै उपरीक्षक कर्णले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !