एटिएम नेपाली की पोर्न फिल्म ?

http://sindhulidarpan.blogspot.com/2012/05/s_7643.html
काठमाण्डौ,जेठ १६ । पछिल्लो समयमा सेक्स दृष्य र छाडा शव्दले भरिएको नेपाली चलचित्र वन्ने क्रम वढेको छ । सेक्सका दृष्य र छाडा शव्द राख्नासाथ फिल्म राम्रो चल्ने मनसायले निर्माता निर्देशकका ध्यान गईरहेको छ । चपली हाईटवाट सुरु भएको अश्लिल शव्द र दृष्य पछिल्लो समय दि लाष्ट किसमा पनी देखिएको थियो ।
सेन्सर वोडले वोलिएका अश्लिल र दृष्य शव्दलाई हटाएर १६ वर्षभन्दा माथीकालाई मात्रै हेर्न दिने अनुमती दिएको थियो । ति चलचित्रलाई पछि पार्दे हालै अश्लिल शव्द र दृष्यले मात्रै भरिएको चलचित्र एटिएम तयार भएको छ ।
युट्युवमा राखिएको एक प्रोमो हेर्दा नेपाली चलचित्र की पोर्न फिल्म दर्शकलाई छुट्टाउन हम्मे हम्मे नै पर्छ । अपाच्य शव्द,लामो चुम्वन, र शारिरिक सम्वन्धको दृष्यको व्यापक प्रयोग गरिएको छ एटिएममा । अपाच्य सो भिडियो हामीले राख्न असमर्थ भएका छौ ।
अब खुलम खुल्ला निलो फिल्म हेर्न्न पाइने देश नेपाल हो भनेर परिचित बन्दैछ , यसले हामी सम्पूर्ण फिल्म कर्मी लाई मर्माहत तुल्यायाकोछ / हिजो का दिनहरुमा लुकिछिपी निलो फिल्म बनाउने र खेल्नेहरु आज खुलम खुल्ला आफ्नो अनुहार देखाई रहेका छन् /नेपाली कलाकारिता को नाम भाजायर खाडी मुलुकका रेस्टुरा हरुमा छाला देखायर नाछ्नेहरु लाई के थाहा यो छाला मा नेपाली हावा पानि ,नेपाल को अस्मिता छ भनेर ...... यिनै नानी हरुलाई लियर हिजोका दिनहरुमा धन्दा चलाउने , निलो फिल्म बनाउनेहरु आज देस को संक्रमण कालको फाइदा उठाउदै आज बेबसयाको नाम मा खुलम खुल्ला यस छेत्र लाई बदनाम गरिराहेकाचन/ अब यिनीहरुलाई कडा भन्दा कडा कारवाही गर्नाही पर्छ अन्यथा असल फिल्मकर्मी ले आफ्नो पहिचान लुकाउन बाध्य हुनेछन /
ReplyDelete