डाकाको डरले साँझमै ढोका थुनेर गस्ती


सोलुखुम्बु, वैशाख ३१ । डाकाहरुको समूहले गाउँका विभिन्न घरमा पसेर लुट्ने प्रयास गरेपछि सोलुखुम्बुका गोली, चौलाखर्क र भकाञ्जे गाविसवासीहरु साँझमै ढोका थुनेर गस्ती गरिरहेका छन् । 

एक साताअघि सुरु भएको गस्ती आजभोलि रातभर हुने गरेको गोलीका उदक बस्नेतले जानकारी दिनुभयो । महिला तथा केटाकेटीहरु साँझमै खाना खाएर ढोका थुनेर घरभित्र बस्ने र टोलटोलका युवा तथा पुरुषहरु टोलटोलको समूह बनाएर गस्ती गर्ने गरेका छन् । 

एउटै गाउँमा चार–पाँचवटा गस्ती टोली हुने र कहीँ डाका आएको थाहा पाएमा सबै टोली जम्मा भएर डाका लखेट्ने गरेका छन् । अहिलेसम्म पाँच÷सातवटा घर लुटिनबाट बचाइसकेका छौँ, चौलाखर्कका हिकमत बस्नेतले भन्नुभयो । 
गाउँका विभिन्न घरमा डाका पस्ने प्रयास गरेको हल्लासँगै त्यहाँ सबैजना रातभर अनिदो बस्ने गरेका छन् । तराई मुलका जस्ता देखिने करिब १० जनाको समूहमा डाका आउने गरेको र हल्ला हुनसाथ भाग्ने गरेको गोलीका राजेश लामिछानेले बताउनुभयो । 

गाउँमा डाका आएको हल्लासँगै गाउँलेहरुले असुरक्षित महसुस गरेपछि प्रहरी चौकी किञ्जा भकान्जेमा प्रहरी सङ्ख्या थप गरिएको प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्काले जानकारी दिनुभयो । लुटिएको वा डाका समातिएका छैनन्, तैपनि गाउँलेहरुले असुरिक्षत महसुस गरेपछि प्रहरी थप गरिएको प्रनाउ खड्काले बताउनुभयो ।

Related

राष्ट्रिय 6591801881223225261

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item