धनुषामा डकैती

http://sindhulidarpan.blogspot.com/2012/05/s_8799.html
जनकपुर,वैशाख ३१ ।
धनुषाको विषरभोरा वडा नम्वर २ निवासी मोहम्मद जमिर राइनको घरमा गएराती हतियारधारी समूहले डकैती गरेको छ । करिब १६ जनाको समुहमा गएराती आएका हतियारधारी समुहले राइनको घरवाट ६ तोला सुन, ८० तोला चाँदी र ६ लाख नगद रुपैयाँ लुटेर लगेको पीडितले बताउनुभयो ।
लुटेराको प्रतिकारमा उत्रेका राइनलगायत स्थानिय रामजनम रोहिता, संजीव रोहिता, देवन रोहिता र शिव साहलाई निर्घात कुटपिट पनि गरेको प्रहरीले जनाएको छ । ती मध्ये रामजनम रोहिता र सँजीव रोहितालाई डकैती गर्ने समूहले हानेको बमको छर्रा समेत लोगेको र उनीहरुको स्थानिय स्तरमा उपचार भैरहेको स्थानीयबासिन्दाले जनाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !