रकम हिनामिनाको आशकां
http://sindhulidarpan.blogspot.com/2012/05/s_9336.html
मिनकुमार दाहाल,सिन्धुली,जेठ २ । विनायक अस्पताल काठमाडौंले सिन्धुली जिल्लामा गत वर्ष संचालन गरेको पाठेघर शल्यक्रिया तथा उपचार सम्वन्धी शिवीरमा सहभागी नभएका नक्कली महिलाहरुको नाम पेश भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी मार्फत अनुसन्धान सुरु गरेको छ । विनायक अस्पताल काठमाडौंले गत वर्ष सिन्धुली जिल्लाका ८७ जना पाठेघर खस्ने समस्या भएका महिलाहरुको अप्रेशन भएको प्रतिवेदन स्वास्थ्य मन्त्रालयलाई दिएको थियो । विनायक अस्पतालले स्वास्थ्य मन्त्रालयलाई दिएको नाम प्रति अख्तियारलाई आशंका भएकोले छानविन सुरु गरेको प्रहरीले जनाएको छ । सो अस्पतालले सिन्धुली जिल्ला अस्पतालमा पाठेघर खस्ने अप्रेशन शिवीरमा उपचार गरेका ८७ जना महिलाहरु कमलामाई नगरपालीका –१ देखी ९ नम्वर वडा सम्मका मात्र महिलाको नाम उल्लेख गरेको छ ।
पुर्व शिद्धेश्वर गाविस र भिमान गाविस मिलाएर २०५३ सालमा स्थापना भएना भएको कमलाई नगरपालीकाको १ देखी ९ नम्वर वडा सिन्धुली जिल्लाको सदरमुकाम भित्रको सुगम वडाहरु मानिन्छ । विनायक अस्पतालले त्यही सुगम क्षेत्रका महिलाहरुको मात्रै उपचार गरेको प्रतिवेदन स्वास्थ्य मन्त्रालयलाई वुझाएको देखीन्छ ।
विनायक अस्पतालले स्वाथ्य मन्त्रालयमा पेस गरेको ८७ जना महिलाको नाम मध्ये ११ जनाले मात्रै पाठेघरको उपचार गरी यातायात खर्च ५ सय रकम वुझेको प्रहरीले अनुसन्धान गरि पत्ता लगाएको छ । वाँकी ७६ जना महिलाहरुको नाम प्रतिवेदनमा उल्लेख गरिएको ठेगानामा नभेटीएकोले उपचार गरिएको भनिएका नामहरु नक्कली भएको आशंका गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर छविलाल थापामगरले मध्यमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग सम्झौता गरी विनायक अस्पतालले दुई वर्ष शिविर सिन्धुलीमा संचालन गरेको वताए । नेपाल सरकारले शिविरमा विरामी गनेर विनायक अस्पताललाई रकम उपलव्ध गराउने गरेको वताउनुभयो । स्वास्थ्य मन्त्रालयले प्रति विरामी कति रकम दिन्छ हामीलाई जानकारी नहुँने डाक्टर थापामगरले वताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !