कैलालीमा झडप
http://sindhulidarpan.blogspot.com/2012/05/s_3555.html
कैलाली, जेठ २ । कैलाली जिल्लमा अखण्ड सुदूरपश्चिम समर्थक र एमाओवादीवीच दोहोरो झडप भएको छ ।
धनगढीको क्याम्पस रोडमा जम्मा भएका अखण्ड सुदूरपश्चिम समर्थकलाई एमाओवादीका कार्यकर्ताले आक्रमण गरेका हुन् । झडप पछि धनगढी बजारको स्थिती तनावपूर्ण बनेको छ । सो स्थानमा आज अखण्ड सुदूरपश्चिम समर्थकले आमसभा गर्ने कार्यक्रम राखेका थिए ।
उता, कोटातुल्सीपुर–१ मुढाबजारमा बन्दको अवज्ञा गरेको भन्दै तीनवटा मोटरसाइकल जलाईएको छ ।
त्यसै गरेर, लगातार १९ दिनको बन्दले सुदूरपश्चिमको जनजीवन अस्तब्यस्त बनेको छ । बन्दले सम्पूर्ण क्षेत्र अस्तब्यस्त हुन पुगेको छ । बन्दसंगै हवाई सेवा, सडक यातायात, बजार, ब्यवसाय, कलकारखाना, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरु ठप्प रहेका छन् । कैलालीमा तीन वटा समूहको अलग अलग बन्द छ । अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले उच्च सतर्कताका साथै उल्लेख्य सुरक्षाकर्मी परिचालन गरेको छ ।
यता, बृहद मधेसी मोर्चाले आह्वान गरेको आम हड्तालका कारण वीरगन्जमा प्रभाव परेको छ । जेठ–१४ गते भित्र संघीयता र एक मधेश प्रदेश सहितको संविधान जारी गर्न दबाब दिंदै बृहद मधेसी मोर्चाले आज तराई बन्दको आह्वान गरेको हो । बन्दका कारण वीरगञ्जबाट छुट्ने लामो तथा छोटो दुरिका सार्वजनिक सवारीका साधन सञ्चालनमा आउन सकेका छ्रैनन् भने उद्योगहरु पनि बन्द छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्द कर्ताले एक दर्जन् भन्दा बढि सवारी साधनमा तोडफोड गरेका छन् । बन्दको प्रभाव बारा, रौतहटलगायतका जिल्लामा पनि परेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !