‘पहिचानसहितको सङ्घीयतामा सम्झौता हुँदैन:दाहाल

http://sindhulidarpan.blogspot.com/2012/05/s_958.html
काठमाडौँ, वैशाख ३१।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पहिचानसहितको सङ्घीयतामा सम्झौता गर्न नसकिने बताउनुभएको छ । आफ्नै निवासमा आज ज्ञापनपत्र बुझाउन आएका विभिन्न राजनीतिक दल र सामाजिक संस्थासम्बद्ध प्रतिनिधिसँगको भेटमा उहाँले माओवादीले पहिचानसहितको सङ्घीयता नछाडेको स्पष्ट पार्नुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुयभो ।

पुरानो नेपाललाई पुनःसंरचना गरेर बलियो पार्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले भन्नुभयो – ‘राज्यले सबैलाई समान अधिकार दिई जनजाति, दलित, महिला, विकट क्षेत्रका जनतामाथिका सबै भेदभाव र अत्याचारको अन्त्य गरिनुपर्छ ।’
उहाँले पहिचानसहितको सङ्घीयता हुने वा नहुने भनेर निकै ठूलो लडाईं चलिराखेको उल्लेख गर्दै भन्नुभयो– सबै श्रमजीवी, उत्पीडित, पुरानो राज्यद्वारा भेदभाव गरिएकाहरुको न्याय, स्वाभिमान र स्वतन्त्रता प्राप्तिको लडाईं हो । यो लडाईं जितिएन भने एकात्मक निरङ्कुशतन्त्र लादिने स्थिति छ ।
अध्यक्ष दाहालले सबैलाई समान हुने एउटा नयाँ राष्ट्र बनाइनुपर्छ भनेर १२ बुँदेदेखि यहाँसम्म आइपुगेको उल्लेख गर्र्दै १० वर्षको जनयुद्ध र जनआन्दोलन पनि त्यसकै निम्ति भएको स्पष्ट पार्नु भएको थियो ।
उहाँले भन्नुभयो– ‘दलाल, फटाहा, सामन्तहरुबाट जातीय मुक्ति र समानताको अधिकारको लडाईंलाई साम्प्रदायिक स्वरुप दिने षडयन्त्र भइराखेको छ, त्यस्तो षड्यन्त्र विरुद्ध सबै लाग्नुपर्छ ।’
पार्टीले पहिचानसहितको सङ्घीयता छाडेको भन्ने भनाइ गलत भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो– ‘पहिचानसहितको सङ्घीयता माओवादीले छाड्यो भन्ने भनाइ गलत हो, उत्पीडित जातिलाई आत्मनिर्णयको अधिकारसहित स्वायत्तता चाहिन्छ, राज्यको पुनःसंरचना त्यो आधारमा गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’
उहाँले भन्नुभयो– ‘अहिले सङ्घीयता विरोधीहरुबाट सडक कब्जा गर्ने दुस्साहस भएको छ, त्यसको प्रतिवाद तपाईहरुले शान्तिपूर्ण र अनुशासित रुपले गर्न जरुरी छ ।’
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !