सिन्धुलीमा मकै उत्पादनमा कमि
http://sindhulidarpan.blogspot.com/2012/06/blog-post_20.html
रमा कार्की,सिन्धुली,असार ६ ।
सिन्धुलीका यस वर्ष मकै उत्पादनमा कमि आएको छ । नगदेबालीको रुपमा रहेको मकै नफलेपछि किसानहरु चिन्तित बनेकाछन् । ६ महिना मकैबाट र ६ महिना धानबाट गुजारा चलाउने किसानहरुले हिउँदमा छरेर आजभोली भित्र्याइने मकै बालीको बीऊ समेत नफर्किएको तीनपाटनका किसान रामजी अधिकारीले बताउनु भयो । मकै बालीका लागि समयमै पानी नपरेकाले हो या मौसम अनुकूल नभएर हो मकै बालीबाट किसानहरु यसपाली घाटामा परेको बताउँदै किसान सुरेश बराल वताउनुहुन्छ। सिन्धुलीको मरिण,कमलाखोंच,तीनपाटन,जिर्गाहा फाँट मकै उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेकाछन् तर यसपालि ती क्षेत्रहरुमा मकैको विरुवा नै घाममा सुकेर विलाएको किसानहरुले बताएका छन् ।
किसानहरुले मकै उत्पादनमा कमी आएको बताइरहे पनि सिन्धुलीका वरिष्ठ कृषि विकास अधिकृत डोरबहादुर रायमाझीले भने सिन्धुलीमा गत बर्षको तुलनामा कुनै क्षेत्रमा मकै उत्पादनमा कमी आए पनि औसत उत्पादनमा कमी नहुने दावी गर्नुहुन्छ । केहि किसानले मकै नफलेका कारण कार्यालयमा राहतका लागि निवेदन दिएकाको र त्यसका लागि आफूले क्षेत्रीय कृषि विकास कार्यालयमा सिफारिस गरेको रायमाझीको भनाई छ । सिन्धुलीमा बार्षिक रुपमा ५७ हजार २ सय ७२ मेट्रिक्टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !