सुरक्षित बैदेशिक रोजगार निःशुल्क परामर्श सेवा विस्तार

कृष्ण अधिकारी ,सिन्धुली असार १५,

मानव अधिकार तथा सुरक्षित बैदेशिक रोजगार निःशुल्क परामर्श केन्दले आजबाट सिन्धुलीमा आफ्नो सेवा विस्तार गरेको छ ।

हिमराइट्स सिन्धुलीको संयोजनमा जिल्ला प्रशासन परिसर भित्र शुरु गरिएको सेवा अन्तर्गत आजै बैदेशिक रोजगारमा जाने १० जानालाई सेवा दिईएको हिमराइट्स सिन्धुलीका सपना श्रेष्ठले जानकारी दिनुभयो । विदेश जानु भन्दा अघि के गर्ने तथा कुन बाटो भएर जाने, कसरी जाने, विदेश जाँदा अपनाउनु पर्ने सावधानिको बारेमा जानकारी गराउने उद्धेश्यले सो सेवा विस्तार गरेको पनि श्रेष्ठले जानकारी दिनुभयो । आज मात्रै ९ जना पुरुष र १ महिला रहेको रहेकाछन् । यसरी बैदेशिक रोजगारीमा जानेहरुमा मुख्यत खाडिमुलुक नै जानेहरुको संख्या धेरै रहेको उहाँले जानकारी दिनुभयो । यो निःशुल्क परामर्श सेवा प्रत्येक दिन विहान १०ः३० देखि दिउँसो २ः०० सम्म वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई दिइने हिमराइट्स संस्थाले जनाएको छ ।

Related

स्थानिय 2247270092949194312

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item