पार्टी विवादबारे छलफल गर्न एमालेको केन्द्रीय समितिको बैठक आज

http://sindhulidarpan.blogspot.com/2012/06/i_03.html
काठमाण्डौ,जेठ २१ । संविधानसभाको विघटनपछि उत्कर्षमा पुगेको पार्टी विवाद मिलाउने प्रयासमा लागेको नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आज बोलाएको छ । संघीयताको विरुद्वमा पार्टी नेतृत्वले छलफल र मोर्चाबन्दीमा लागेकोभन्दै एमालेका आदिवासी, जनजाति तथा मधेसी नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । विहान ११ बजेपछि पार्टी मुख्यालय बल्खुमा सुरु हुने बैठक पार्टीका जनजाति, आदिवासी तथा मधेसी नेताहरुको मागको बारेमा छलपफल केन्द्रित हुने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
पार्टीभित्र उठेको राज्य पुनः संरचनाका मुद्दाको सुनुवाई गर्ने र आदिवासी जनजाति तथा मधेसी पृष्ठभूमिका नेतालाई नेतृत्वमा पनि समेट्ने गरी अध्यक्ष खनालले केन्द्रीय कमिटी बैठकमा संगठनसम्बन्धी प्रस्ताव ल्याउने तयारी गर्नुभएको पनि ज्ञवालीले जानकारी दिनुभयो । खनालनिकट स्रोतका अनुसार पार्टी विधान महाधिवेशनले पारित गर्ने गरी स्थायी समितिमा केही सदस्य थप गर्ने प्रस्ताव खनालले ल्याउनुहुने छ । स्थायी समितिमा ११ जना सदस्य रहेकोमा पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा, र संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङलाई ल्याउने तयारी खनालले गरेको स्रोतले बताएको छ । स्थायी समिति सदस्यको संख्या १९ सम्म पु¥याउने तयारी अध्यक्षले गरेको बताइएको छ । नेकपा एमालेको हिजोको पोलिटब्यूरो बैठकले संघीयतासम्बन्धी विवाद समाधानका लागि उच्चस्तरीय आयोग बनाउने प्रस्ताव गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !