संविधान नबनेपछि दुइवर्षदेखि पालेको दारी र कपाल काटीयो

http://sindhulidarpan.blogspot.com/2012/06/i_6814.html
अनु खनाल,बर्दिबास,जेठ २० ।
संविधान निर्माणमा दवाव दिने उद्देश्यले दारी र कपाल पाल्दापनि संविधान नवनेपछि गौरीबासका एक वृद्धले आज कपाल र दारी काटेका छन् । गौरीबास ३ पाटु घरभएका ६७ वर्षिय यमबहादुर बुढाथोकीले आज पत्रकार सम्मेलन गरी आफ्नै घरमा दारी र कपाल काटेका हुन् । संविधान निर्माणकै लागि दवाव दिन बुढाथोकीले यसअघि २०६८ चैत्र ३ गतेका दिन टुंडिखेलमा ६०१ सभासदको ग्रहशान्ति समेत गरेका थिए ।
ग्रह दशा विग्रीयो भनेपनि सँधै झगडामात्र हुन्छ भन्ने हिन्दु धर्मको मान्यता भएकोले सभासदबीच सहमति र मेलमिलाप बढाएर संविधान निर्माण गरुन भन्दै ग्रहशान्ति गरेको बुढाथोकीले बताउनु भएको थियो । त्यस्तै बुढाथोकी २०६७ साल माघ ९ गतेदेखि सिंगै नेपालको यात्रामा निस्किनु भएको थियो । त्यसै समयदेखि अन्न त्याग गर्नु भएका बुढाथोकीले दलहरुले संविधान सभाको एकवर्षे कार्यकाल थपेपछि २०६८ साल असोज १७ गतेका दिन अन्न ग्रहण गर्नुभएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !