सवारी दुर्घटना ३ जनाको मृत्यु, १२ भन्दा बढी घाइते
http://sindhulidarpan.blogspot.com/2012/06/i_1894.html
कैलाली,असार ४ ।
गएराति अत्तरिया महेन्द्रनगर सडकखण्डको वाणी जंगलमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना भन्दा बढी घाइते भएका छन् । दुर्घटनामा परेर ट्याक्टरमा सबार कञ्चनपुर देखतभूली ६ का ३६ वर्षका साहेबा राना, ३४ वर्षीया सोमली राना र उहाँका १३ बर्षका छोरा निबास रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ जादै गरेको म १ ख ४१६ नंम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको से १ त १६९८ नंम्बरको ट्याक्टर ठोक्कीदा दुर्घटना भएको हो । दुर्घटनामा गंभिर घाईते भएका ४ जनालाई भारतको पिलिभित रिफर गरिएको छ भने अन्य घाईतेहरुको कैलालीको पदमा अस्पतालमा उपचार भइरहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि राति नै सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !