प्रहरी र स्थानीयवासिबीच झडप, ११ राउण्ड गोली चल्यो

 वीरगञ्ज,असार ४ । 
पर्साको निर्मलवस्ती गाविसमा गएराति  प्रहरी र स्थानीयवासिबीच झडप हुँदा गोली चलेको छ । निर्मलवस्ती गविसकी अमृता नेपालीलाई सिमा प्रहरी चौकी ओडारका प्रहरी जवान सन्तोष नेपालीको नेतृत्वमा रहेका यूवाहरुको समूहले नियन्त्रणमा लिएको बिषयम बिवाद हुँदा गोली चलेको एकजना स्थानीयवासिले बताएका छन ।

निर्मलवस्ती गाविस ८ बाट प्रहरी जवान नेपालीको नेतृत्वमा बिजयबस्तीबाट ५ वटा मोटरसाईलमा गएका यूवाहरुको समूहले हिजो साँझ अमृता नेपालीलाई नियन्त्रण लिएपछि स्थानीयले यूवतीको रिहाईको माग गर्दै प्रहरी चौकीमा उजुरी दिएपनि प्रहरीले कुनै ठोस कदम नचालेपछि बिवाद भएको थियो । झडपमा११ राउण्ड गोली फाएर गरिएको छ । गोली फाएर हुनुअघि प्रहरीले स्थानीय यूवक प्रकाश खड्कामाथी कुटपीट गरेको थियो ।


Related

विविध 4723929782722343841

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item