सिन्धुली दिसा मुक्त जिल्ला बन्नेमा आशंका
http://sindhulidarpan.blogspot.com/2012/06/i_2943.html
रमा कार्की,सिन्धुली,असार ६ ।
त्यस्तै माइती काभ्रे भएकी सुन्तलीमायाँ वाइवा भन्छिन्,“ मेरो माइतीमा त चर्पीमा दिसा गर्ने र दिसा गरिसकेपछि सरसफाई गर्न हात साबुन पानीले धुने गरेको थियो तर यहाँ विहे गरेर आए पछि यहाँ त कसैको घरमा पनि चर्पी छैन पानीको पनि समस्या छ त्यसैले मैले पनि अब त दिसा गरिसकेपछि चाक सरसफाई गर्न छाडे पातैले पुस्छु ।
“ जगल भरी हरियो पात छदैं छ कताको चाक धुनु हगी सक्यो अनि पातले पुछ्यो, उठेर हिड्यो”– यो भनाई सिन्धुली जिल्लाको निकै टाढा पर्ने हरिहरपूगढी गाउँविकास समिति ८ की मसलीमाँया विश्वकर्माको हो । वास्तवमा त्यस गाविसका मसलीमायाँ मात्र होइन गाउँका अधिकाशं मानिसहरु दिसा गरिसके पछि सरसफाई गर्नुपर्छ भन्ने जानकारी समेत छैन । धेरै जसो तामाङ समूदायको बसोबास रहेको यस गाविसमा कसैको घरमा पनि चर्पी छैन । यसै सन्र्दभमा मलाई अर्की मायावती घलानले आफ्नो नयाँ अनुभव सुनाइन् उनले भनिन् ,“मैलै त आज भन्दा २ वर्ष अघि महिला विकासको तालिममा सिन्धुली बजार जाँदा महिला विकासको अफिसमा पहिलो पटक चर्पी देखें,सुरुमा त यो के को कोठा रहेछ भनेर अचम्म लाग्यो, मान्छेहरु भित्र जाँदै एकछिन पछि बाहिर निस्कन्छन अनि म पनि के रैछै भनेर पसे र फेरी बाहिर निस्कीए त्यस पछि एक जनालाई सोधे के हो यो ? यहाँ के गर्नुपर्छ ? भनेर र मैले जवाफ पाँए यो दिसा पीसाव गर्ने चर्पी हो भन्ने मलाई त एकदमै अचम्म र नौलो लाग्यो किनकी मैले अहिले सम्म चर्पी देखेकै थिइन । मैले सम्झे शहर बजारका मान्छेहरु त चर्पीमा दिसा पीसाव गर्दा रहेछन् र मैले गाउँमा आएर अरुलाई पनि सुनाए,अब भने मलाई पनि घरमा एउटा चर्पी बनाउकी जस्तो लागेको छ ।”
त्यस्तै माइती काभ्रे भएकी सुन्तलीमायाँ वाइवा भन्छिन्,“ मेरो माइतीमा त चर्पीमा दिसा गर्ने र दिसा गरिसकेपछि सरसफाई गर्न हात साबुन पानीले धुने गरेको थियो तर यहाँ विहे गरेर आए पछि यहाँ त कसैको घरमा पनि चर्पी छैन पानीको पनि समस्या छ त्यसैले मैले पनि अब त दिसा गरिसकेपछि चाक सरसफाई गर्न छाडे पातैले पुस्छु ।
यी महिलाहरुको कुरा सुनिसके पछि मैले गाउँविकास समितिका प्रविधिक सहायक वीर बहादुर घलानलाई कीन यस गाविसमा कसैले पनि चर्पी नवनाएको ? गाविसबाट चर्पी बनाउनको लागि केही रकम छुट्याइएको छैन भन्दै जिज्ञासा राख्नुभयो । उहाँले मैले गरेको प्रश्नको जवाफ यसरी दिए,“खुल्ला र सफा ठाउँमा हग्न छाडेर को गन्हाउने चर्पीमा बस्छ र बनाउनु ।” भन्दै यस ठाउँमा जनचेतनाको कमी छ,गाविसबाट यसपालि एक लाख रुपैयाँ छुट्याएको जानकारी दिदै अब केही घरमा चर्पी बन्ने र आफुले बनाउने उहाँले बताउनुभयो । अहिले झन वर्षातको समयमा जताततै खुल्ला रुपमा गरिएको दिसापीसाव आकाशबाट परेको पानीले बगाएर खानेपानीको मुहान सम्म पुर्याउने भएकाले यस ठाउँका स्थानीय बासिन्दा लाई विभिन्न प्रकारका रोगहरुले संक्रमण गर्ने देखिन्छ । यस ठाउँका बालबालिकाहरु वर्षेनी झाडापखाला रोगबाट ग्रसित हुने गरेको स्थानीय बताएका छन् ।
सिन्धुली जिल्लालाई सन् २०१६ भित्र खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्न जिल्लाका विभिन्न सरोकारवाला निकायले दौडधुप गरे पनि हरिहरपूरगढीका जनताको भने अवस्था यस्तो रहेको छ । सन् “२०१६ भित्र सवैमिलिजुली खुल्ला दिसा मुक्त जिल्ला बनाऔं सिन्धुली ।” भन्ने नारा जसरी जताततै घन्काएइएको छ त्यसरी नै यहाँका जनतालाई पनि चर्पीमा दिसा पीसाव गर्दाको फाइदा तथा दिसा गरिसके पछि राम्रो सँग चाक र हात धुन नसिकाउने भने त्यहाँका जनताले चर्पी बनाए पनि त्यसको प्रयोग गर्नै गाह्रो देखिन्छ र खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरे पनि उद्धेश्यअनुरुप अभियानले सफलता पाउँनेमा ढुक्क हुने सम्भावना भने कमै छ । त्यसका आजै देखि त्यस्ता ठाउँहरुमा सम्पूर्ण सरोकारवाला निकायहरुले ध्यानकेन्द्रित गर्ने पो हो की ?


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !