रामेछापमा चल्ने बसहरुले मनपरी भाडा लिने क्रम बढ्दै

उमा के.सी.रामेछाप,असार १ । 
तेलको अभाव देखाउदै रामेछापका ग्रामिण सडकहरुमा चल्ने यातायातका सवारी साधनहरुले मनोमानी भाडा असुल्ने गरेको पाइएको छ । सर्वसाधारणबाट जिल्लाका विभिन्न रुटमा चल्ने यातायातका साधनले मन लागेअनुसार भाडा असुलेको गुनासो पटक पटक गर्दै आएपनि सवारी साधानले त्यसको बेवास्ता गरेका छन् । हाल रामेछापका दुईवटा निर्वाचन क्षेत्रका गरी झण्डै दुई दर्जन ग्रामिण धुले सडकमा बस तथा अन्य यातायातका साधनहरु चल्दै आएका छन् ।

 रामेछापको मन्थली रामेछाप भालुखोप च्यास्कु, मन्थली सालु साँघुटार, मन्थली दोरम्वा, मन्थली धोबीलगाएतका रुटमा संचालन हुदै आएका बसहरुले पनि मनलाग्दी ढगंले गरेको यात्रीहरुले गुनासो गरेका छन् । गाडीहरुले मन्थलीदेखी रामेछाप १४ किलोमिटर सम्मको भाडा प्रतिव्यक्ति ८० रुपैया भएपनि एकसय रुपैयासम्म लिने गरेको यात्रुहरुको भनाइ भने विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट पनि नदिएको पाइएको हो ।

Related

प्रमूखखबरहरु 7583316495402737667

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item