उदयपुरका २६ विद्यालय निल
http://sindhulidarpan.blogspot.com/2012/06/i_3121.html
उदयपुरमा १७.२ प्रतिशत उत्तिर्ण, गत वर्ष भन्दा ५१ दशमलव ८२ प्रतिशतले कमि
ऋषि राई,उदयपुर,असार १ ।
उदयपुर । यसवर्षको प्रवेशिका अर्थात एसएलसी परिक्षामा उदयपुरबाट १७ दशमलव २ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परिक्षामा सहभागि भएका नियमित तर्फ ६ हजार ७ सय ४५ जना सहभागि परिक्षार्थी मध्ये १ हजार १ सय ७२ जना उत्तिर्ण भएका हुन् ।
त्यसमध्ये ३१ जना विशिष्ट श्रेणी, ४ सय ४४ जना प्रथम श्रेणी, ६ सय ४० जना दोश्रो श्रेणी र ५७ जना तृतिय श्रेणीमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालय उदयपुरले जनाएको छ । यस्तै एक्जाम्टेड तर्फ उदयपुरबाट सहभागिता जनाएका ६ सय ३२ विद्यार्थी मध्ये ५ जना उत्तिर्ण भएका छन् ।
गत वर्ष ६९ दशमलव २ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा यसबर्ष भने ह्वात्तै घटेर उत्तिर्ण प्रतिशत १७ दशमलव २ प्रतिशत आएको छ । जुन प्रतिशतको हिसावले गतवर्ष भन्दा यसवर्ष ५१ दशमलव ८२ प्रतिशत कमि हो । २०६८ सालको एसएलसी परिक्षामा जिल्ला भरका १ सय १६ विद्यालयहरु सहभागि भएका थिए । सहभागि विद्यालयहरु मध्ये २६ वटा विद्यालय निल गएका छन् ।
यसरी निल जाने विद्यालयहरुमा मावि मुलगाँउ मैनामैनी, मावि कानचिराङ, मावि चक्रपुर, महाँकालि मावि चम्पापुर, जनता उच्चमावि जोगिदह, जनक मावि खैजनपुर, शारदा मावि चौदण्डि, जनविकास मावि भिमा, मावि श्रीपुर, मावि कालिखोला त्रिनपा, उच्च मावि हाडेवास, मावि नौले कर्कुसे रहेकाछन ।
यसैगरी मावि भारतजोर पाँवु, मावि भुमरे पञ्चावती, मावि बोहोरीबोट, मावि नेपालटार, मावि खसिवास त्रिवेणी, उमावि झिल्के पोखरी, उच्च मावि बलम्ता, मावि जल्केनी, मावि बर्रे, जनकल्याण मावि धाव्रे, मावि पुँवारे थुम्का, भगवती मावि मुसर्निया, जनता मावि रानिवास र मावि ताप्ली चिसापानी पनि निल गएकाछन् ।
एसएलसी परिक्षामा मावि सोरुङ छविसेबाट सहभागि ६२ जना बिद्यार्थी मध्ये ५८ जना उत्र्तिण गरी उत्तिर्ण प्रतिशतका आधारमा सवैभन्दा उत्कृष्ट विद्यालय भएको जिल्ला शिक्षा कार्यालय उदयपुरका परीक्षा शाखा प्रमुख निर्मल निरौलाले जानकारी दिए ।
यस्तैगरी निजी विद्यालयतर्फ मल्वेरी ईङलिस बोर्डिङ स्कुल सुकौरा र सामुदायिकतर्फ मावि कटहरेले सत प्रतिशत नतिजा ल्याउन सफल भएको निरौलाले जानकारी दिए । उच्चमावि भलायडाँडा परीक्षा केन्द्रबाट परीक्षा दिएका सवै विद्यालय निल गएका छन् ।
परीक्षामा सहभागि भएका जिल्ला भरका सामुदायिक विद्यालयहरु मध्येबाट ज्योती उच्च मावि वेल्टारका कञ्चन राई विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् । अन्य सामुदायिक विद्यालयले भने विशिष्ट श्रेणी ल्याउन सकेनन् ।
विगतका वर्षको तुलनामा यसवर्ष निजी विद्यालयको उत्तिर्ण संख्या र प्रतिशतमा पनि कमि आएको छ । निजी विद्यालय मध्ये सगरमाथा ईङलिस स्कुल बेल्टारका ९ जना विद्यार्थीले विशिष्ट श्रेणी हासिल गरेकाछन ।
यस्तै उदयसि अंग्रेजी उच्च मावि जलजलेबाट ३, प्याराडाईज बोर्डिङ गाईघाट ३, उदयपुर बोर्डिङ गाईघाट ५, पुमा बोर्डिङ बेल्टार ३, प्रभात बोर्डिङ कटारी २, सगरमाथा बोर्डिङ कटारी १, मदरल्याण्ड बोर्डिंङ कटारी १ र नमुना उच्चमावि गाईघाटबाट १ जना विशिष्ट श्रेणीमा उत्तिर्ण भएकाछन ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !