चितवनमा दुई माओवादीबीच झडप
http://sindhulidarpan.blogspot.com/2012/06/i_30.html
चितवन,असार १६ ।
पार्टी कार्यालयको स्वामित्वको विषयमा विवाद भएपछि चितवन एकीकृत नेकपा माओवादी र नव गठित नेकपा माओवादीबीच झडप भएको छ । नेकपा माओवादीले पार्टी कार्यालय कब्जामा लिएपछि एकीकृत माओवादीका कार्यर्कर्ताहरू पुगी नियन्त्रणमा लिन खोज्न झडप भएको हो । झडपमा केही कार्यकर्ताहरू घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन अहिले पार्टी कार्यालय छेउछाउ सुरक्षाकर्मी परिचालन गरिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !