राजधानीमा सडक फराकिलो पार्ने अभियान फेरि सुरु

काठमाण्डौ,असार १६ । 
स्थानीयबासीको विरोधपछि अवरुद्ध रहेको सडक फराकिलो पार्ने अभियान आजदेखि राजधानीमा फेरि सुरु भएको छ । यही क्रममा व्यापक सुरक्षाकर्मी परिचालन गरी आज बिहान काठमाण्डूको लाजिम्पाट–नारायणगोपाल सडकमा सडक मिचेर बनाइएको घरटहरा भत्काइएको छ ।

मुआब्जाविना भत्काउन नदिने उद्देश्यले स्थानीयबासी विरोधमा उत्रिए पनि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेकोले उनीहरूले अवरोध पु¥याउन सकेनन् । सडकलाई २२ मिटर फराकिलो पार्ने योजना भएपनि धेरै घर भत्काउनु पर्ने भएकाले तत्काल सडकलाई १८ मिटर फराकिलो पार्न लगिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सडक विस्तारको काम सुरु गरिएको हो । खानी विभाग र नारायण गोपालचोकमा डोजरले सडक विस्तार गर्ने काम भइरहेको हो ।


Related

विविध 5826595864993487036

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item