सेनाले रगत दिएपछि दुई महिलाको ज्यान बच्यो
http://sindhulidarpan.blogspot.com/2012/06/i_2165.html
खोटाङ,असार १६ ।
नेपाली सेनाका जवानले रक्तदान गरेपछि रगतको अभावमा मृत्यु शैयामा छट्पटाइरहेका खोटाङका दुई महिलाको ज्यान बचेको छ । जबरजंग मुढे ब्यारेक दिक्तेलमा कार्यरत नेपाली सेनाका १० जना जवानहरुले रगत दिएपछि रगतको अभावमा जिल्ला अस्पताल दिक्तेलमा छट्पटाई रहेकी बाँझेच्यानडाँडा–८ की सुत्केरी महिला सञ्जुकला राई र दोर्पाकी रक्तअल्पताबाट पीडित बिरामी मञ्जु बिष्टको ज्यान बचेको हो । सुत्केरी सञ्जुकलालाई गणका हुदा दिनेश लामीछाने, अमलदार उसारी लामा, सिपाहीहरु ललित खत्री, पदम प्रधान र श्याम राजबंशीले एक÷एक पाउण्ड रगत दिनु भएको हो ।
यस्तै, रक्तअल्पताकी बिरामी मञ्जुलाई प्युठ धनबहादुर अधिकारी, अमलदार ज्ञानबहादुर राई, सिपाहीहरु खिलक तामाङ, लिलाराज भण्डारी र रामसिं खत्रीले एक÷एक पाउण्ड रगत दिनुभएको अस्पतालले जनाएको छ । बिरामीलाई रगत दिनका लागि आग्रह गरिएपछि सेनाका जवानहरुले बिरामीहरुलाई रक्तदान गरेको जबरजंग गणको भनाइ छ । जिल्लामा ब्लड बैंकको अभावमा नेपाली सेनाका जवान, नेपाल प्रहरी, ईच्छुक दाता तथा बिरामीहरुको आफन्तबाट रगतको व्यवस्था गरिँदै आइएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !