निपानेका ३४ वालवालिका विद्यालय बाहिर

पोष्टराज पहाडी,सिन्धुली, असार १६ । 
सिन्धुली जिल्लाको निपाने गाऊ विकास समितिका करिब ३४ जना बालबालिका विद्यालय बाहिर रहेको एक तथ्याङ्कले जनाएको छ । प्लान नेपालको सहयोगमा अनिवार्य गरिएको घरधुरी सर्भेक्षणका अनुसार उक्त संख्यामा बालबालिकाहरु विद्यालय बाहिर रहेको पाइएको हो । सो सर्भेक्षणका आधारमा १८ वर्षसम्म उमेर समुहका जम्मा १८ सय ७१ जना  बालबालिकाहरुमध्ये ९ सय २५ जना बालिका र ११ जना अपाङ्गहरु रहेका छन् ।  
त्यसैगरि सर्भेक्षणका अनुसार विद्यालयको आधारभूत तह अन्तर्गत ५ देखि १२ वर्ष उमेर समुहका ३४ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । जस मध्ये २२ जना बालिका र ७ जना अपाङ्गहरु रहेका छन् । विद्यालयको आधारभूत तह अन्तर्गतका ५ देखी १२ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमा शतप्रतिशत भर्ना गराई आधारभूत शिक्षा लागु गर्ने गाउ विकास समिति बनाउने प्रयासको लागि सो सर्भेक्षण गरिएको प्लान नेपालका शिक्षा संयोजक  आत्माराम भट्टराईले जानकारी दिनुभयो  । त्यस्तै सो सर्भेक्षणले विद्यालयमा भर्ना भएका तर नियमित विद्यालय नआउने बालवालिकाको पनि तथ्याङ्क संकलन गरेको छ । उक्त तथ्याङ्कका अनुसार निपाने गाउ विकास समितिका करिब १ सय ५९ जना विद्यालयमा नियमित रुपमा उपस्थित हुदैनन् । 
यसरी विद्यालय बाहिर रहेका आधारभूत तहका उमेर समुहका बालबालिकालाई विद्यालयमा भर्ना गराई दिगोपन दिलाउनका लागि गाऊ शिक्षा समिति निपाने लगायत स्थानिय राजनितिक दल, यूवा क्लव, महिला सहकारी आदिको संयुक्त छलफलबाट विभिन्न योजना निर्माण पनि गरेको छ । निर्णयहरुमा गाविस भित्र रहेका ४ वटा  विद्यालयले विद्यालय बाहिर रहेका बालवालिका तथा अविभावकको भेला गराई समस्याको पहिचान गर्ने, अविभावकालाई सचेतिकरण गर्ने, श्रोत व्यवस्थापन र दिगोपनाको लागि राजनितिक दल र सामुदायीक वनको संयुक्त बैठक वसि निचोड निकाल्ने लगायत रहेको शिक्षा संयोजक भट्टराईले वताउनुभयो । 

Related

स्थानिय 1139569911305881498

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item