तपस्वी रामबहादुर बम्जनलाई पक्रन पुर्जी जारी

सिन्धुली,असार १६। जेठ ३२ गते राति सिन्धुली आएका तपस्वी रामबहादुर बम्जनलाई पक्राउन गर्न जिल्ला वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । बम्जनलाई वनफडानी गरेको आरोपमा जिल्ला वन कार्यालय बाराले पक्राउ पूर्जी गारी गरेको हो । हाल उनी गडौलीको कालिखोला जंगलमा तपस्यामा वसेका छन् ।
कार्यालयले बोम्जनसहित बोधी धर्मश्रवण संघका कार्यबाहक अध्यक्ष जसबहादुर वाईबा, सचिव रामकुमार थिङ्ग, दर्शन लिम्बु, बालहरी राईलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ । 

पुर्जी जारी भएपछि प्रहरीले बोधी धर्मश्रवण संघको नाममा विभिन्न बैंकमा रहेको खाता रोक्का गर्न पत्रचार गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक केपी शर्माले जानकारी दिएका छन् । एभरेष्ट बैंक, हिमालयन बैंक र बैंक अफ काठमाडौको विरगञ्ज शाखामा रहेका खाता रोक्का गर्न पत्राचार गरिएको शर्माले वताउनुभयो । 
विभिन्न घटनाका कारण विवादमा तानिन्दै आएका बम्जनले फरक फरक जन्ममिति र नामबाट जन्मदर्ता प्रमाण पत्र लिएर राहदानी बनाउने प्रयास गरेपछि जिल्ला प्रशासन कार्यालय बाराले उनलाई पक्राउ गर्ने तयारी गरे लगत्तै आफ्ना समर्थक सहित बोम्जन जेठ ३२ गते तपस्या स्थल छोडी राति नै भागेका थिए । 

Related

स्थानिय 4555621934990017038

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item