छोरी वलत्कार गर्ने जेल चलान
http://sindhulidarpan.blogspot.com/2012/06/i_7603.html
सिन्धुली, असार १६ । मादकपदार्थ सेवन गरी छोरीलाई बलात्कार गरेको अभियोगमा सिन्धुलीको बालाजोर गाविस–३ निवासी भीमबहादुर खत्रीलाई पूर्पक्षका लागि जेलचलान गरिएको छ ।
आरोपित खत्रीलाई जिल्ला न्यायाधीश हरिप्रसाद बगालेले बिहीबार दिएको आदेशअनुसार पूर्पक्षका लागि जेल चलान गरिएको निमित्त प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले जानकारी दिए । खत्रीले रक्सीले मातेको सुरमा आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै भीमबहादुरकी कान्छी श्रीमती शर्मिलाले दिएको उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइएको भट्टराईले जानकारी दिए ।
उनका अनुसार बाबु भीमबहादुर रक्सीले मातेको सुरमा छोरीलाई जेठ १८ गते बेलुका करिब ५ बजे जेठी श्रीमती मन्दिराबाट जन्मिएकी छोरीलाई बलात्कार गरेको उजुरीमा उल्लेख छ । पीडित कमला साँझपख घरमा खाना पकाइरहेकी अवस्थामा भीमबहादुर रक्सी सेवन गरी घरमा आई उनलाई कोठामा ओछ्यान मिलाउन आदेश दिएको र छोरीलाई ओछ्यान मिलाउन कोठामा बोलाई जबर्जस्ती बलात्कार गरेको बताइएको छ ।
बलात्कार गरेको बेला कमलाले चिच्याउँदा उनकै १३ वर्षीय भाई विजयले आवाज सुनी घटनास्थल पुग्दा बाबुले दिदीलाई करणी गरेकोदेखि उक्त कुरा सानीआमा शर्मिलालाई जानकारी दिएपछि घटना सार्वजनिक भएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !