घाँटीमा बञ्चरोले हानी छोराले गरे आमाको हत्या

कञ्चनपुर, असार १६। कञ्चनपुरको कृष्णपुर–२ वाणिका १६ वर्षीय युवकले आज अपरान्ह आफ्नै आमाको घाँटी छिनालेर हत्या गरेका छन् ।
मोहनबहादुर धामीले आफ्नै आमा ३६ वर्षीय कलावती धामीको घाँटीमा बञ्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक बोधराज ओझाले जानकारी दिए । हत्यापछि धामीले प्रहरीसमक्ष आत्मर्पण गरेका थिए ।

घरमा आमा र छोरा मात्रै रहेका बेला हत्या भएको प्रहरी नायब निरीक्षक ओझाले बताए । हत्या गर्नुको कारण भने खुल्न नसकेको उनले बताए । आमाको हत्यामा संलग्न मोहनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको  छ ।

Related

विविध 3932089922376145040

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item