म निर्दोष छु : नायक दिक्पाल कार्की
http://sindhulidarpan.blogspot.com/2012/06/i_484.html
काठमाडौं,असार १६ । नायक तथा मोडल दिक्पाल कार्कीले आपूmमाथि लगाईएको साईवर क्राईमको आरोप खण्डन गर्दै आपूm निर्दोष रहेको बताएका छन् । साईवर क्राइमको उजुरीका आधारमा १० दिनसम्मको हिरासतमा बसी धरौटीमा रिहाई भएका दिक्पालले झुठा आरोपको खण्डन गर्दै आपूm निर्दोष भएको बताएका हुन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दिक्पालले भने– मलाई किन केका लागि मुछियो मलाई थाहा छैन, उनीहरुले मलाई भिक्टिम बनाइरहेका छन् ।
नायक तथा मोडल कार्कीले विनय डि. सी. र सगुन केसीले मलाई किन फसाउन खोजे मलाई थाहा छैन, आपूmलाई निर्दोष सावित गर्न १० दिन हिरासतमा कठिन जीवन विताएको भन्दै आफुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।
नायक तथा मोडल कार्कीले विनय डि. सी. र सगुन केसीले मलाई किन फसाउन खोजे मलाई थाहा छैन, आपूmलाई निर्दोष सावित गर्न १० दिन हिरासतमा कठिन जीवन विताएको भन्दै आफुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।
कार्कीले भने– मलाई नायक राज घिमिरेले साईबर क्राईमको विषय स्वीकार गर, तँ एक घण्टामै छुट्छस् भनेर हिरासतमा पत्र नै पठाएका थिए तर आपूm निर्दोष भएका कारण मैले स्वीकार्न मानिन् ।
पत्रकार सम्मेलनमा दिक्पालले भने– मलाई अझै पनि अनेक किसिमका झुठा आरोप लगाएर मेरो चरित्र हत्या गर्न खोजिदै छ, म हेर्दैछु, यस्तै आरोप लगाई विना कसुर फँसाईन खोजिन्छ भने उनीहरु विरुद्ध क्षतिपूर्तिसहित मान हानीको मुद्दा हाल्छु ।
दिक्पाल साईबर क्राईमको आरोपमा गत आषाढ ६ गते पक्राउमा परी १० दिन जावलाखेल हिरासतमा बसेर धरौटीमा रिहा भएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !