भिमस्थानकी 'सरस्वती'सहकारीवाट आत्मनिर्भर वन्दै
http://sindhulidarpan.blogspot.com/2012/06/i_6819.html
प्रमिला बुढाथोकी,सिन्धुली, असार १६ ।
आफ्नै खुट्टामा उभिन सके राम्रो भन्ने कुरालाइ सार्थक तुल्याउनछिन सरस्वती पौडेल । सिन्धुलीको पूर्वि भागमा रहेको भिमस्थान गाविसकी स्थायीवासी सरस्वती पौडेल ३३ वर्षकी हुनुभयो । १५ वर्षमा विवाह गरि दुइ छोरी र एक छोराकी आमा वनि सक्नुभएकी सरस्वती अहिले आत्मनिर्भर भएको बताउनुहुन्छ ।
सामान्य घरपरिवार भएको खेति किसानी गर्ने व्यक्तिसंग बैवाहिक बन्धनमा बाधिन आउनुभएकी सरस्वती जव आफु अरुको साहारामा बस्नुपथ्र्याे, त्यस बेला धेरै इच्क्षा र आकाक्षा दवाएर राखेको बताउनुहुन्छ । जव गाउँमा सहमति र प्लानको साझेदारीमा महिला सशक्तिकरण कार्यक्रम लागु भयो तवदेखि आफुलाइ आत्मनिर्भर बनाउने काममा लागी परेकी छुृ उहाँ भन्नुहुन्छ । अहिले उहाँ कस्मेटिक पसल गर्दैै आउनुभएको छ । भीमस्थान गाविसको ५ नं. वडाकै पहिलो र एकमात्र कस्मेटिक पसल सन्चालन गरि उहाँले आफुलाइ आत्मनिर्भर तुल्याउदै आएको बताउनुहुन्छ । पहिलाको आफ्नो अवस्थालाइ सुनाउन सुरु गर्दै उहाँले भन्नुभयो श्रीमान किसान भएकाले तिन छोराछोरीको पालन पोषण र शिक्षा दिक्षको लागी जोहो गर्न धौधौ थियो , एक पैसा पनि कतैवाट आम्दानी थिएन , मन लागेको कुरा लाउन र खान त परै जाओस घरखर्च टार्न पनि गारो थियो उहाँले भन्नुभयो ।
परिवारको आर्थिक अवस्था देखेर धेरै पहिलादेखि गाउँमै कस्मेटिक पसल गर्न चाहने उहाँ आर्थिक समस्याकै कारण चुप लागेर समस्यासंग जुध्दै वसेको बताउनुहुन्छ । घरमा एउटा भैसि थियो त्यहि बेचेर भए पनि पसल गर्छु भनेर श्रीमानसंग सल्लाह गरे कठिन प्रयासपछि श्रीमानको स्वीकृति लिइ भैसि बेचे, उहाँले दुखका कुरा सुनाउन थालिन । भैसि बेचेर त्यो बेलामा पनि २२ हजार आएको थियो मेरो दुर्भाग्य भनौ कि के भनौ म अल्सरको विरामी भए अनि १४ महिना औषधी खादा त्यहि पैसा पनि सकियो सरस्वती भावुक हुदै भन्नुहुन्छ ।
दुखीलाइ झन दुख थपियो जस्तो लाग्यो उहाले फेरि भन्न सुरु गर्नुभयो , जव मेरो स्वास्थ्यमा सुधार आयो मेरो पसल गर्ने इच्क्षा फेरि पलायो । परिवारवाट सहयोग पाउने त आसै थिएन गाउँमा ऋण खोज्दै जादा कसैले पनि नपत्याएको उहाँको गुनासो थियो । केहि गर्छु भन्ने इच्क्षा भएर पनि आर्थिक समस्याका कारण मेरो इच्क्षा मर्न लागेको बेला आफ्नै गाउँमा भएको अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्थाले १० हजार ऋण उपलब्ध गराएको उहाँ सुनाउनुुहुन्छ । सहकारीले उपलब्ध गराएको ऋण वाट थोरै सामान ल्याइ पसल सन्चालन गरेकी सरस्वतीले अहिले करिव डेड लाखको सामान भएको पसल बनाइसकेको उहाँको भनाई छ । पहिला १० रुपैया बचत गर्न धौधौ पर्ने सरस्वती अहिले सहकारीमा मासिक दैनिक ,नियमित र खुत्रुके गरि ५ सय भन्दा बढी रकम बचत गर्दै आएको बताउनुहुन्छ । परिवार र छरछिमेकले नपत्याएको ऋण थोरै व्याजदरमा सहकारीले उपलब्ध गराएकाले परिवार र छरछिमेक भन्दा पनि सहकारीलाइ ठुलो ठान्नुहुन्छ । पारिवारिक पेशा किसान भएकाले पहिला अन्नपात भएपनि विक्रि नहुने दुइ पैसा आम्दानी गर्न नसकेको अवस्थामा अहिले मासिक रुपमा राम्रो आम्दानी गरेको र छोराछोरीको पढाइ घरव्यवहार चलाउन सहज भएको सुनाउछिन सरस्वती । अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्थाको ऋण समितिकी सदस्य हुनुहुन्छ उहाँ । जुन सहकारीले आफुलाइ आत्मनिर्भर बनाउन सहयोग पुर्यायो अव यस सहकारीको विकासमा पनि मेरो योगदान रहनेछ मेरो पछि हट्ने छैन सरस्वती भन्नुहुन्छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !