आदिबासी जनजातीले जातीय राज्य नमागेको थिङको भनाई

http://sindhulidarpan.blogspot.com/2012/06/i_3255.html
जिवि श्रेष्ठ,सिन्धुली,जेठ २१ ।
दैबलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धिजिवि, विश्वलाल श्रेष्ठ, दानबहादुर तामाङ, बालाजोर गाविसका निवर्तमान अध्यक्ष तुक्त बहादुर पुलामी मगरले मन्तव्य राख्नु भएको थियो ।
नेपाल तामाङ घेदुङका केन्द्रिय सचिब काजीमान थिङले आदिबासि जनजातिहरुले जातिय राज्य नमागेको बताउनु भएको छ । नेपाल आदिबासी जनजाती महासँघ, गाउँ समन्वय परिषद भिमस्थानको प्रथम भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
थिङले आदिबासी जनजातिहरुले नेपालका सबै जातजातिको पहिचान भल्कीने सँविधान र प्रदेशहरुको निर्माण हुनुपर्ने भन्दा जातिय राज्य मागेको भ्रम दिएर सघियता र पहिचानका विरोधिहरुले सविधानसभा विघटन गरेको आरोप समेत लगाउनु भयो । उहाँले कुनै पनि प्रदेश, राज्य वा सविधान ढुङगा, माटोको आधारमा नभई पहिचान र जातिको आधारमा बन्न आवश्यक रहेको पनि स्पष्ट पार्नु भयो ।

भिमस्थान गाविसमा रहेका विभिन्न आदिबासि जनजाति समुदायका प्रतिनिधिहरुको भेलाले दानबहादुर तामाङको अध्यक्षतामा नेपाल आदिबासि जनजाति महासँघ भिमस्थान गाउँ समन्वय परिषद गठन गरेको छ । त्यस्तै उपाध्यक्ष कल्पना सुनुवार, सचिब विश्वलाल श्रेष्ठ, कोषाध्यक्ष भोजु लामिछो मगर , सदस्य गणेश भुजेल लगायत रहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !