‘प्रथम काभ्रे सिङगिङ आइडल २०१२’को दोस्रो चरणको अडिसनबाट ५० जना छनौट

प्रकाश सुन्दास, काभ्रे,जेठ २१ । 
काभ्रे जिल्लामै पहिलो पटक आयोजित ‘प्रथम काभ्रे सिङगिङ आइडल २०१२’को दोस्रो चरणको अडिसनबाट ५० जना प्रतियोगी छनौट भएका छन् । हिजो राति अबेर सम्म चलेको छनौट प्रतियोगितामा पहिलो चरणको अडिसनबाट छनौट भएका १ सय १६ जना प्रतियोगिबीच प्रतिस्पर्धा भएको थियो ।

‘हाम्रो गौरव पूर्ण शान, कला प्रतिभामा पहिचान’ भन्ने मूल नाराका साथ अमरदीप कला शिक्षा केन्द्र बनेपाले आयोजना गरेको प्रतियोगितामा यस अघि जिल्लाको भकुण्डे, पाँचखाल र बनेपामा पहिलो चरणको अडिसन लिइएको थियो । कार्यक्रम संयोजक हिरामान बल तामाङका अनुसार ‘प्रथम काभ्रे सिङगिङ आइडल २०१२’को अन्तिम फाइल असार मसान्त भित्र हुनेछ ।

Related

मनोरञ्जन 7754429646235563699

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item