भुमिगत समुह शान्तिपुर्ण राजनीतिमा आउन तयार

http://sindhulidarpan.blogspot.com/2012/06/i_7497.html
उदयपुर,जेठ २१ ।
लामो समयदेखि पुर्वका विभिन्न क्षेत्रहरुमा भुमिगत गतिविधि सञ्चालन गर्दै आएको संयुक्त जातिय क्षेत्रीय मोर्चाले वातावरण तयार भए शान्तिपुर्ण राजनीतिमा आउन चाहेको बताएको छ । मोर्चाका प्रवक्ता एवंम वार्ता टोलीका संयोजक प्रवासले सञ्चारकर्मीलाई टेलिफोन मार्फत यस्तो जानकारी दिनुभएको हो ।
“सरकारले आह्वान गरेको बार्ताप्रति मोर्चा सकारात्मक भएपनि सरकार नै बार्तामा बस्न नचाहेको” उहाँले आरोप लगाउनुभयो । प्रवासले अहिलेको अवस्थामा सर्बपक्षीय सहमतिको सरकार निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ । मोर्चाले उदयपुर जिल्लाको विभिन्न स्थानमा एक दर्जन ठाउँमा बम विष्फोटका घटना घटाउदै आएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !