एमालेको कुनैपनि कार्यक्रममा भाग नलिने:अशोक राई

काठमाडौं,  असार ४ । एमाले उपाध्यक्ष अकोश राईले आफूहरुले अघि सारेका मुद्दामा सम्बोधन नगरिएसम्म राष्ट्रिय भेला, पार्टीका आगामी कार्यक्रम वा बैठकहरु बहिष्कार गर्ने जनाएका छन् । उपाध्यक्ष राईले आज विज्ञप्ती जारी गरेर आफूहरुले जनजातिका सवालमा उठाएका मुद्दालाई एमाले उपयुक्त निर्णय नगर्दासम्म कुनैपनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको जनाएका हुन् ।
‘राष्ट्रिय भेलामा हाम्रा ९ बुँदे मागलाई औपचारिक रुपमा प्रस्तुत गर्नुपर्छ,’ राईले भनेका छन्, ‘पार्टीको उपयुक्त निकायबाट निर्णय गराई अबिलम्व औपचारिक जानकारी आफूहरुलाई गराउनु पर्छ ।’ उपाध्यक्ष राईले सोलुखुम्बु जिल्ला कमिटीका उप–सचिव आङकाजी शेर्पालाई गरिएको कारबाही तरुन्त फिर्ता लिन पनि माग गरेका छन् ।
उनले भनेका छन्, ‘उपसचिव शेर्पालाई स्थायी कमिटीको निर्णय मार्फत पार्टी सदस्यबाट समेत हटाइएकोमा उक्त निर्णय तुरुन्त फिर्ता लिइनु पर्दछ ।’ जेठ–३० गते अध्यक्ष झलनाथ खनाललाई बुझाएको ९ बुँदे मागको सुनुवाई नभएको भन्दै उपाध्यक्ष राईले समस्या समाधानका लागि पार्टीका तर्फबाट कुनै पहल नगरिएको आरोप लगाएका छन् । राईले  आज सोमबारदेखि शुरु भएको ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नहुने उल्लेख गरेका छन् । जनजातिहरुको मागलाई लिएर एमालेसँग रुष्ट बनेका उपाध्यक्ष राई पछिल्लो समयमा पार्टीका कुनैपनि कार्यक्रममा सहभागी हुन छाडेका छन् ।

Related

राष्ट्रिय 7258995701377302372

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item