महोत्तरीका फरार अभियुक्त पक्राउ

अनु खनाल बर्दिबास,असार ४ । 
महोत्तरी जिल्लाको बथनाहा बजारबाट प्रहरीले एक जना हत्या घटनाका आरोपीलाई पक्राउ गरेको छ । जिविस महोत्तरीका ओभरसियर पूर्णसिंह प्रधानको हत्याका आरोपी बथनाहा गाविस २ का राकेश मिश्रलाइ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रधानको हत्यासँगै पाँच वर्षदेखि फरार रहँदै आएका मिश्र घरमै बथनाहामै बसेको रहेको प्राप्त सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो ।

 करिब पाँच वर्षअघि २०६४ साल असार पाँच गतेका दिन बथनाहाको सडक निर्माण कार्यको नापजाच गर्न पुगेका बेला ओभरसियर प्रधानलाई मिश्रसहित चार जनाको समूहले गोली हानी हत्या गरेको प्रहरीले दाबी गरेको छ । सो हत्या घटनाका आरोपीमध्ये दुई जना पहिलेदेखि नै पुर्पक्ष थुनामा रहेका छन् भने एक जना अझै फरार रहेको जिप्रका महोत्तरीले जनाएको छ ।

Related

विविध 1032927913457895691

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item