बोक्सीसम्बन्धी हिंसालाई सम्बोधन गर्न प्रभावकारी कानुन व्यवस्था गर्नुपर्ने
http://sindhulidarpan.blogspot.com/2012/06/i_4235.html
काठमाण्डौ,असार ४ ।
बोक्सीको आरोप लगाएर महिलामाथि गरिने हिंसालाई सम्बोधन गर्ने गरी प्रभावकारी कानुनको अविलम्ब व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले संचालन गर्दै आएको ‘बोक्सीको आरोप लगाई महिलामाथि गरिने अपराध/मानवअधिकार हनन्को स्थितिविरुद्धको ६० दिने अभियान’ समापनका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुने । उनीहरुले बोक्सीको आरोप खेप्न बाध्य महिलाका लागि तुरुन्त न्याय प्राप्त गर्ने संयन्त्र हुनुपर्ने, प्रभावितहरुको सामाजिक, आर्थिक अधिकार सुनिश्चित गर्नुपर्ने तथा र सरकारस्तरबाटै बोक्सी अन्धविश्वास हो भन्ने सन्देश दिन प्रभावकारी सञ्चार अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले मुलुक संवैधानिक शून्यता र राजनीतिक अन्यौलताका बीच रहेको अवस्थामा सामाजिक चेतना अभिवृद्धि गर्न कठिनाई हुने भन्दै अन्धविश्वासलाई जरैदेखि निर्मूल नगरेसम्म परिवर्तनको अनुभूति गर्न नसकिने बताउनुभयो । एकीकृत नेकपा माओवादी नेता सत्य पहाडीले बोक्सीको आरोपमा हिंसा खेप्न तथा विस्थापित हुन बाध्य महिलाहरुको सामाजिक, आर्थिकलगायतका अधिकार सुनिश्चितताका लागि सरकारी पक्षबाटै आवश्यक र प्रभावकारी पहल हुनुपर्नेमा जोड दिनुभयो । एमालेका सुजिता शाक्यले बोक्सी प्रथालाई अन्धविश्वास र कुरीतिको पराकाष्टा भएको ठहर गर्दै मुलुकका अधिकांश स्थानमा हुने यस्ता आपराधिक घटनालाई सम्बोधन गरी कडा कदम चाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधान, राष्ट्रिय महिला आयोगकी सदस्य मनु हुमागाइँ, अधिवक्ता दिनेश त्रिपाठी, सञ्जालकी संयोजक डा रेणु राजभण्डारीलगायतले जिम्मेवार राजनीतिक दल, नीति निर्माण तहमा भएका सरोकारवाला निकायलगायतले बोक्सीको आरोपबाट पीडितलाई सम्बोधन गर्ने नीति नियम बनाउनु आवश्यक भएकोमा जोड दिनुभएको थियो । सञ्जालले गत चैत २८ गतेदेखि बोक्सी आरोपका सम्बन्धमा सरकारलाई जिम्मेवारी बनाउन ६० दिने अभियान सञ्चालन गरेको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !