छात्रवृति तथा पुरस्कार वितरण

चीना थापा, सिन्धुली,असार १ । 
सिन्धुलीको भविष्य निर्माता उच्च मावि पानीट्यांकी स्कूलले छात्रवृति तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सुनुवारको सभापतित्वमा भएको कार्यक्रममा स्कूलले ८६ हजार १ सय र विधुत प्राधिकरणका कर्मचारी लाल वहादुर लामाले विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुका लागि प्रदान गर्नुभएको ७ हजार ५ सय गरी ९३ हजार ६ सय रुपैया विद्यालयका दलित, अपाङ्ग, जेहेन्दार, अनुशासित, नियमित र गरिब विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । 

कार्यक्रममा कक्षा प्रथम, द्धितिय ,तृतिय , स्कूलको अतिरिक्त कार्यक्रम हाजिरीजवाफ लगाएतमा  प्रथम, द्धितिय ,तृतिय हुनेलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमा अविभावक, विद्यार्थी, शिक्षक, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक टोपप्रसाद काफ्लेले स्कूलले क्ीऋ मा ७४.३७ प्रतिशत ल्याएर अहिले सम्मकै उत्कृष्ठ अंक ल्याएको बताउनुभयो ।


Related

स्थानिय 1207366048458071220

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item