ह्याकिङ र सफ्टवेयर निर्माणमा रुची छ:अरुण कालीकोटे
http://sindhulidarpan.blogspot.com/2012/06/i_4563.html
नेपालमा वि.स. २०६१ सालदेखि आधिकारिकरुपमा एसएलसी बोर्ड प्रथमको घोषणा नगरिएपनि उत्कृष्ट अंक प्राप्त गर्नेलाई बोर्ड फस्टको रुपमा मानिदै आइएको छ। एसएलसी २०६८ को नतिजा गत जेष्ठ ३१ गते सार्वजनिक भएपछि देखिएको नतिजामा विराटनगर बाल कल्याण विद्या मन्दिर(विकेभिएम) का विद्यार्थी अरुण कालिकोटेले यस वर्षको एसएलसीमा ९४ दशमलव ९ प्रतिशत ल्याई सबैभन्दा उत्कृष्ट ल्याएका छन् | कम्प्युटर तथा सूचना प्रविधिमा उनको रुची रहेको र कम्प्युटर साइन्समा ९९ अंक प्राप्त गरेका छन् । उहाँले आफ्नो रुची ह्याकिंग र सफ्टवेर निर्माणमा रहेको वताउनुभयो ।
यो सफलता कसरी हात पर्यो?
यो सफलताले झन चुनौती थपिएको महशुस भएको छ। सफलताको मुख्य रहस्य त मेहनत नै हो। म दैनिक कम्तिमा ८ घन्टा पढ्थे। फ्रेस हुनको लागि सञ्चारको प्रयोग गर्थे। यो सफलतामा मेरो अभिभवकको पनि ठुलो हात छ। तर, म सफल हुन्छु भन्ने केहि विश्वस थियो।
कम्प्युटर साइन्समा सबैभन्दा धेरै ९९ अंक आएछ। कस्तो लाग्थ्यो कम्प्युटर पढ्दा?
एच्छिक गणित र कम्प्युटरमा ९९ अंक आएको हो। कम्प्युटर पढ्दा रमाइलो लाग्थ्यो। विशेषगरी क्युबेसिकमा मेरो राम्रो ज्ञान छ। प्राग्रामिङ राम्रो गर्न सक्छु। तरपनि त्यतिधेरै प्रयोगात्मक शिक्षाको कमि कम्युटर साइन्समा थियो।
क्युबेसिकमा कुनै एप्लिकेशन, गेमहरु बनाएका छौ?
त्यस्तो त बनाएको छैन्। प्रयोगात्मक शिक्षा चहि विराटनगरमा कमजोर नै छ। काठमा48डौमा अझ राम्रो हुन्छ भन्ने सुनेको छु। तर म राम्रो क्युबेसिक चलाउन सक्छु। अलि समयदिए भने सामान्य गेमहरु बनाउन सक्छु।
भविश्यमा के बन्ने इच्छा छ?
मलाई कम्प्युटर साइन्समा पनि रुची भएकोले कम्प्युटर इन्जिनियरिङ तर्फ रुची छ। तर एमविबिएस पनि रुचीको विषय हो। अब ११ र १२ पढ्दै गर्दा जुन क्षेत्रमा राम्रो गर्न सक्छु जस्तो लाग्छ, विश्वविद्यालयको शिक्षा त्यहि विषयमा लिन्छु। मलाई सफ्टवेयर निमार्ण र ह्याकिङमा पनि रुची छ। विराटनगरमा ह्याकि194ङको कोर्स गर्ने इच्छा थियो तर त्यस्तो पढाउने ठाँउ नै भेटिन्।
फेसबुक जस्ता सोसियल साइट र ग्याजेट्सहरुको कतिको प्रयोग गर्छौं ?
म फेसबुक त्यति प्रयोग गर्दिन। आइडी बनाएको थिए तर निरन्तर चलाइन। त्यसैगरी मोवाइलमा पनि त्यति रुची छैन्। इन्टरनेटमा गुगल बढि प्रयोग गर्छु। पढाइको कुरा खोज्न गुगल चलाउछु। अरु आइटी ग्याजेट्समा खासै रुची छैन। लत बस्छ भनेर पनि यसबाट अलि टाढै बसेको हो।
विद्यालयस्तरका विद्यार्थीलाई आइटीको कत्तिको महत्व छ?
अत्यन्त आवश्यक छ। नेपालको पढाईमा धेरै प्रविधिहरु प्रयोग भएको छैन तर विदेशमा सबै प्रविधिमार्फत पढाइन्छ भन्ने सुनेको छु। पढाइमा राम्रो गर्न इन्टरनेटको पनि धेरै आवश्यक छ। राम्रो गर्नको लागि एक सेकेन्ड पनि ढिलो गर्नुहुन्न। यसको लागि प्रविधिको साथ चाहिन्छ। शहरी क्षेत्रमा मात्र नभएर गाँउगँाउका विद्यालयमा पनि कम्प्युटर शिक्षा र प्रविधि पुग्नु आवश्यक छ।
तपाईजस्ता लाखौ विद्यार्थी एसएलसीमा फेल भएका छन, उनिहरुलाई तपाईको सुझाव के छ?
सफलता भनेको जित्नुमात्र होइन। लडेर पनि जित्ने प्रयास गर्नु सबैभन्दा ठुलो कुरा हो। फेल भएकोमा आत्महत्या समेत गरेको सुनेको छु। यो पटक्कै राम्रो होइन। असफलतामा नै सफलता हुन्छ। त्यसैले मेहनत गर्न छोड्नुहुन्न।
प्रस्तृति : राजन लम्साल
एसएलसी २०६९ मा नेपाल प्रथम भएका आरुण कालीकोटेसँग उनको सफलता र सूचना प्रविधिसँग जोडिएको कुराकानी असार महिनाको लिभिंग विथ आईसिटी म्यागजिनमा पढ्न सक्नुहुनेछ | केहि दिन प्रतिक्षा गर्नुहोस |


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !