कांग्रेसले अन्तरक्रिया गर्दै
http://sindhulidarpan.blogspot.com/2012/06/i_8950.html
काठमाडौं, असार ३ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा विघटन लगायतका बारेमा स्पष्ट पार्न आज नेपाली कांग्रेसले राजधानीमा अन्तरक्रिया गर्दैछ । केन्द्रीय नीति तथा कार्यक्रम प्रतिष्ठानको आयोजनामा संविधानसभाको विघटन र त्यसपछिको विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा अन्तरक्रिया गर्न लागेको कांग्रेसले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, निवर्तमान सभासद् र २ सय ४० निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारहरुको उपस्थिति हुने कांग्रेसले जनाएको छ ।
राष्ट्रपतिद्वारा राजनीतिक परामर्श
मुलुकको पछिल्लो राजनीतिक गतिरोधबाट चिन्तित राष्ट्रपति डा.रामवरण यादवले विघटित संविधानसभाका प्रमुख दलहरुसँग आज परामर्श गर्दै हुनुहुन्छ ।
आफ्नै कार्यालय शीतल निवासमा हुने छलफल तथा चियापान समारोहमा राष्ट्रपति डा.यादवले सहमतिका साथ अघि बढ्न सुझाव दिने स्रोतको भनाई छ । डा.यादवले सहमतिका लागि दबाव श्रृजना गर्न चियापान तथा भेटघाटको कार्यक्रम राख्नु भएको हो ।
दलहरुका वीच संविधानसभा विघटन पछि जेठ–१४ गते यता सम्बन्ध चिसिएका कारण औपचारीक सम्वाद समेत हुन सकेको छैन ।
कामचलाउ सरकार विरुद्ध विपक्षी कांग्रेस, एमाले सहितका दलहरु आन्दोलनमा उत्रिएपछि प्रधामन्त्री बाबुराम भट्टराई असजिलोमा पर्दै आउनु भएको छ ।
विपक्षी दलहरुले कामचलाउ सरकारका प्रधामन्त्री भट्टराई र मन्त्रीलाई कालो झण्डा देखाउने लगायत वहिष्कार गर्ने समेतका आन्दोलन सार्वजनिक गरिसकेका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !