माओवादी बैद्य समूहको भेलामा आजबाट बन्दसत्र सुरुहुँदै
http://sindhulidarpan.blogspot.com/2012/06/i_2665.html
काठमाण्डौ,असार ३ ।
अहिले केहीबेरमा सुरु हुने बन्दसत्रमा उपाध्यक्ष वैद्यले राजनीतिक, महासचिव रामबहादुर थापाले साङ्गठनिक, सचिव सीपी गजुरेलले समसामयिक र स्थायी समिति सदस्य देव गुरुङले बिभिन्न विभागहरुको बारेमा प्रतिवेदन पेस गर्ने तयारी भएको छ । प्रस्तुत गरिएका प्रतिवेदनको बारेमा सामूहिक रुपमा छलफल हुने पोलिटब्यूरो सदस्य कंडेलले बताउनुभयो । भेलाको उद्घाटनसत्रमा बोल्दै वैद्य समूहका नेताहरुले पार्टीमा बस्ने वातावरण नमिलेकोले नयाँ पार्टी गठनको प्रक्रिया सुरु भएकोमा जोड दिएका थिए । भेलामा २५ सय नेता तथा कार्यकर्ताको सहभागिता रहेको दावी वैद्य समूहले गरेको छ ।
आफू पक्षका नेता तथा कार्यकर्ताहरुको भेला बोलाएको एकीकृत माओवादीको असन्तुष्ट वैद्य समूहले आजबाट बन्दसत्रका कार्यक्रम सञ्चालन गर्ने भएको छ । माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहको राष्ट्रिय कार्यकर्ता भेला हिजोदेखि काठमाडौंको बौद्वमा सुरु भएको थियो । भेलाको आजदेखि सुरु हुने बन्दसत्रमा बिभिन्न प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम रहेको पोलिटब्यूरो सदस्य हरिभक्त कंडेलले जानकारी दिनुभयो ।
अहिले केहीबेरमा सुरु हुने बन्दसत्रमा उपाध्यक्ष वैद्यले राजनीतिक, महासचिव रामबहादुर थापाले साङ्गठनिक, सचिव सीपी गजुरेलले समसामयिक र स्थायी समिति सदस्य देव गुरुङले बिभिन्न विभागहरुको बारेमा प्रतिवेदन पेस गर्ने तयारी भएको छ । प्रस्तुत गरिएका प्रतिवेदनको बारेमा सामूहिक रुपमा छलफल हुने पोलिटब्यूरो सदस्य कंडेलले बताउनुभयो । भेलाको उद्घाटनसत्रमा बोल्दै वैद्य समूहका नेताहरुले पार्टीमा बस्ने वातावरण नमिलेकोले नयाँ पार्टी गठनको प्रक्रिया सुरु भएकोमा जोड दिएका थिए । भेलामा २५ सय नेता तथा कार्यकर्ताको सहभागिता रहेको दावी वैद्य समूहले गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !